काठमाडौँ। बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन। सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरी निर्वाचित भएका हुन।
उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन। सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन। यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन।
मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन।
खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन।
सङ्घको यही असोज १९ गते ७०औँ साधारणसभा तथा २५औँ अधिवेशन भएको थियो। अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । सङ्घमा करिब एक हजार सात सय सदस्य मतदाता छन्।
प्रतिक्रिया