वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नीजि क्षेत्रसँग सहकार्य गर्न राष्ट्रबैंक तयार छ: कामु गभर्नर मिश्र

अर्थलगानी
२०८० आश्विन २५, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले निजी क्षेत्रसँग राष्ट्र बैंक सँगै रहेको बताएका हुन् । ‘निजी क्षेत्रलाई परेको हरेक समस्यामा राष्ट्र बैंक सँगै छ,’ उनले भने ।

अर्थतन्त्रमा अझै केही समस्या रहेको कामु गभर्नर मिश्रले बताए । ‘कच्चा तेलको मूल्यमा भारी वृद्धि, कोरोना महामारी, रुस-युक्रेन युद्ध, बढ्दो बैंक ब्याज र आयातका कारण अर्थतन्त्र समस्या परेको हो,’ उनले भने, ‘अहिले त आयात व्यापारसमेत घटेको छ ।’

राष्ट्र बैंकले ब्याजदर घटोस् भनेर नै बैंक दर घटाएको उनले बताए । ‘अहिले आधार दर पनि घटेको छ,’ मिश्रले भने, ‘राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको छ, त्यसले पनि धेरै फरक पार्छ ।’

केन्द्रीय बैंकले डिजिटाइजेसनमा काम गरिरहेको र कृषि, जलविद्युतलगायत क्षेत्रलाई प्रथमिकतामा राखेको जानकारी उनले गराए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा उनले निजी क्षेत्रसँग राष्ट्र बैंक सँगै रहेको बताएका हुन् । ‘निजी क्षेत्रलाई परेको हरेक समस्यामा राष्ट्र बैंक सँगै छ,’ उनले भने । अर्थतन्त्रमा अझै केही समस्या रहेको कामु गभर्नर मिश्रले बताए । ‘कच्चा तेलको मूल्यमा भारी वृद्धि, कोरोना महामारी, रुस-युक्रेन युद्ध, बढ्दो बैंक ब्याज र आयातका कारण अर्थतन्त्र समस्या परेको हो,’ उनले भने, ‘अहिले त आयात व्यापारसमेत घटेको छ ।’ राष्ट्र बैंकले ब्याजदर घटोस् भनेर नै बैंक दर घटाएको उनले बताए । ‘अहिले आधार दर पनि घटेको छ,’ मिश्रले भने, ‘राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको छ, त्यसले पनि धेरै फरक पार्छ ।’ केन्द्रीय बैंकले डिजिटाइजेसनमा काम गरिरहेको र कृषि, जलविद्युतलगायत क्षेत्रलाई प्रथमिकतामा राखेको जानकारी उनले गराए ।