काठमाडौँ । भदौ यता कर्जा प्रवाहमा वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा जाने कर्जा लामो समयदेखि सुस्त रहेपनि भदौबाट भने उल्लेख्य रुपमा बढ्दै गएको पाईएको हो।
गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ४८ खर्ब ६२ अर्ब रहेकोमा भदौ १ मा आउँदा ४८ खर्ब ५९ अर्बमा झरेको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले जानकारी दिए। उनका अनुसार यस्तो कर्जा प्रवाह असोज २२ गतेसम्म आउँदा ४९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। अर्थात समिक्षा अवधिको यो कर्जा विस्तार ९० अर्बको वृद्धि हो।
भदौमा मात्रै प्रवाह भएको ४४ खर्ब १५ अर्ब कर्जा गत आर्थिक वर्ष अर्थात २०७९ को भदौको तुलनामा दोब्बर हो। गत वर्षको भदौमा २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। जबकी गत वर्षभरिमा कुल १ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो।
लामो समय सुस्ताएको कर्जा विस्तारमा सुधार देखिएसँगै व्यापार व्यावसायीक क्षेत्रमा खस्किँदो रुपमा रहेको मनोबल उठाउन केही राहत भने मिलेको छ। बैंकिङ्ग प्रणालीमा अत्याधिक तरलता भई अन्तर बैंक व्याजदर २ प्रतिशत तल आउँदा पनि बजारमा कर्जा विस्तारको वातावरण बन्न सकेको थिएन। जसकारण सरकारले दोस्रो त्रैमासिक उठाउने भनेको आन्तरिक ऋण समेत उठाइसक्यो।
तर, निजी क्षेत्रमा भने कर्जा विस्तार हुन मुस्किल भएको थियो। उद्योगी व्यवसायीहरु ब्याजदर बढी भएको कारण देखाउँदै ऋण लिन तयार भएका थिएनन् भने प्रणालीमा छताछुल्ल निक्षेप हुँदा पनि बैंकहरुले ब्याजदर घटाएर ग्राहकलाई ऋण लिन बैँकसम्म आउने वातावरण बनाउन सकेका थिएनन। यसो त बैंक ब्याजदर नघटाउन र उद्योगी व्यापारीहरु हाल कायम ब्याजदरमा कर्जा लिएर लगानी गर्न नसकिने भन्ने विवाद कायम नै छ। तर, पछिल्लो दुई महिनामा भने कर्जा विस्तार वृद्धि भएको छ।
चाडपर्वको कारण केही मात्रामा आर्थिक क्रियाकलाप बढ्ने हुँदा बजारमा कर्जा प्रवाह भएको हो। अर्थतन्त्रले गति लिने गरि प्रवाह भएको मान्न सकिँदैन।
कर्जा विस्तारमा देखिएको वृद्धि अर्थतन्त्रले लय समातेर भएको वृद्धि नभई सिजनल(मौसमी) भएको जानकारहरु बताउँछन। दशैंतिहारको लागि चाहिने वस्तुहरु आयात गर्नको लागि एक दुई महिना अगाडी नै एलसी खोल्नुपर्ने भएको कारण भदौबाट कर्जा प्रवाहमा वृद्धि भएको बैंकर परशुराम कुमार (क्षेत्री) बताउँछन। उनले भने, ‘चाडपर्वको कारण केही मात्रामा आर्थिक क्रियाकलाप बढ्ने हुँदा बजारमा कर्जा प्रवाह भएको हो। अर्थतन्त्रले गति लिने गरि प्रवाह भएको मान्न सकिँदैन।’
“कर्जा प्रवाह सिजनल हो, स्थायित्व छैन”
अहिलेकै गतिमा कर्जा प्रवाहको दर बढीमा अझै १ महिनामा मात्रै रहने देखिन्छ। बैंकरहरु दशै तिहार पश्चात पुनः कर्जा प्रवाह हुनेमा आशावादी देखिदैनन्। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदिश खालिङले दुई–तीन वटा मौसमी तवरका केही क्षेत्रमा कर्जा प्रवाह भएको कारण वृद्धि देखिएपनि निरन्तर बजार चलायमान हुनेमा शंका कायम नै रहेको बताउँछन।
त्यस्तै तेस्रोमा इभिमा बढि मात्रामा कर्जा प्रवाह भएको छ। सरकारले पनि इभिलाई प्रबर्दन गरेको अवस्था र दशैंतिहारमा अटो बजार बढी चलायमान हुने हुँदा यस क्षेत्रमा जाने कर्जामा वृद्धि भएको हो।
“दशै तिहार र छटको लागि सामान (वस्तु)हरु आयात हुन्छन। त्यसको लागि २÷३ महिना अगाडी नै एलसी खोलेर सामान अर्डर हुन्छ । अहिले ठिक्क भुक्तानीको समय भएको छ । जसले गर्दा यो क्षेत्रमा कर्जा प्रवाह बढेको छ ।
दोस्रो, गत तीनचार महिना वर्षातमा समय भएकोले चलिरहेका भौतिक तथा निर्माण सम्बन्धीका परियोजनाहरु ठप्प भई भर्खर सुरु भएका छन। अहिले हाईड्रो लगायतका विभिन्न प्रोजेक्टहरू सञ्चालनमा आईसके। त्यसका लागि भुक्तानीका कार्यक्रमहरु तिव्र रहन्छन।” सिईओ खालिङले भने, “त्यस्तै तेस्रोमा इभिमा बढि मात्रामा कर्जा प्रवाह भएको छ। सरकारले पनि इभिलाई प्रबर्दन गरेको अवस्था र दशैंतिहारमा अटो बजार बढी चलायमान हुने हुँदा यस क्षेत्रमा जाने कर्जामा वृद्धि भएको हो।”
घर कर्जा लगायत अन्य क्षेत्रमा मार्जिन प्रकृतिको कर्जा पनि लयमा गएको उनको भनाई छ। उनका अनुसार उल्लेखित आर्थिक क्रियाकलाप केही समयको लागि मात्रै अतिरिक्त क्रियाशिल हुने हुँदा चार्ड पर्व सकिएसँगै नयाँ कर्जाको माग बजारमा अहिलेकै गतिमा हुने नहुनेमा पूर्वानुमान नै गर्न सकिने अवस्था छैन।”
त्यस्तै अर्थविद् चन्द्रमणि अधिकारीले ठप्प भएको कर्जा बढ्नुलाई सकरात्मक लिनुपर्ने बताए। यद्यपी सुधार कसरी आयो र कस्तो किसिमको आयो भन्ने कुरा महत्वपुर्ण हुने उनको भनाई छ।
“बैंकहरुले विगत दुई तीन वर्षदेखि बैंकहरुले कर्जा लगानी एकदम न्युनतम गरेका थिए । अघिल्लो वर्ष १८ प्रतिशत लगानी गरेकोमा गत वर्ष ३ प्रतिशत भनेको त अत्यन्तै दयनीय हो । अब, अहिले अलिकति बढेको कारण आजभन्दा १ वर्ष अगाडी माग गरेको कर्जा बल्ल स्वीकृत भएर दिन थालेका छन्।”
उनका अनुसार चाड वार्ड लक्षित आयातित वस्तुको भुक्तानीको लागि कर्जा प्रयोग भएको कारण कर्जा प्रवाह बढी देखिएको हो। अहिले निर्माणको काम सुरु हुने र भुक्तानी पनि सँगै हुने समय भएको कारण कर्जा प्रवाह बढेको बताए।
त्यस्तै अहिलेको कर्जा प्रवाहमा विद्युतिय सवारीसँगै समग्र अटो क्षेत्रको पनि उत्तिकै भुमिका रहेको अर्थविद् अधिकारीले बताए ।
मुख्यत म्यानुफ्याक्चरिङ, इन्भेष्टमेन्ट, हाईड्रो तथा उत्पादनशील क्षेत्रमा कर्जा नगएको कारण आर्थिक क्रियाकलाप लयमा आउन लागेको संकेत मान्न नसकिने उनको भनाई छ।
एक हप्ता अगाडी मात्रै नेपाल बैंकमा सीईओको कार्यकाल सकाएर बाहिरिएका कृष्ण बहादुर अधिकारीले जति बढ्नुपर्ने हो त्यत्ति अझै नबढेको उनको भनाई छ। यो अवधिमा डिपोजिट र कर्जा विस्तार बराबरको गतिमा भएपनि दशैको माहोल नजिकिएको कारण हुनुपर्ने जति नभएको उनको तर्क छ। उनले भने, ‘आजको दिनमा जे जति कर्जा विस्तार भएपनि उद्योगधन्दा त्यत्ति राम्रोसँग चल्न सकेको अवस्था छैन। तसर्थ यो कर्जा व्यापारिक प्रयोजनका लागि प्रयोग भएको हो। त्यसैले यो निरन्तर हुने देखिँदैन।’
‘सम्भव छ बजार तत्काल चलायमान हुन’
यतिबेला बैंकको पैसा बैंकमा, उद्योगीको उत्पादन उद्योगभित्रै र व्यापारीका स्टक गर्ने ठाउँ खालि नै छन। अर्थात आर्थिक क्रियाकलापमा चेन ब्लक नै ब्लक भएको जस्तो देखिन्छ। एकातर्फ बैंकले लगानी गर्न सकेका छैनन् भने अर्कातर्फ उद्यमी, व्यावसायी, संघसंस्था तथा व्यक्ति विशेषले कर्जा लिन सकेका छैनन।
यद्यपी अब भने आर्थिक गतिविधिलाई चलायमान बनाउने आधारहरु देखिएका छन। एकातर्फ आर्थिक सूचकहरु करिब ‘ब्यालेन्स’ अवस्थामा देखिएका छन। राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेका मुख्य आर्थिक सूचकहरु निरास जनक छैनन।
साउनमा व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ। सोधानान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा छ। आयात धान्नको लागि पौने १२ अर्ब डलर बढी विदेशी मुद्रा सञ्चिति छ ।
अधिकांश आर्थिक सूचकहरु सकरात्मक लयमा रहेको समयमा राष्ट्र बैंकले गत हप्तामात्रै आर्थिक गतिविधिको ब्लक चेन खोल्नको लागि तेल स्वरुप एकिकृत निर्देशन २०७९ संशोधन गरेको छ।
निर्देशन संशोधन गरेर राष्ट्र बैंकले असल कर्जाको प्रोभिजन १.२५ कायम गरेको छ। यद्यपी यो पहिला १ प्रतिशत रहेको असल कर्जाको प्रोभिजन बढाएर १.३० पुर्याएको थियो। सोही वृद्धिमा विन्दूगत ०.०५ मात्रै घटाएको हो।
लोन टू भ्यालु रेसियो बढाएर ५० प्रतिशत कायम गरेको छ । यसअघि काठमाडौँ उपत्यकामा घरजग्गाको बजार मूल्यांकनको ३० प्रतिशत र बाहिर ५० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्थामाथि परिमार्जन गरेको हो।
शेयर धितो कर्जामा १२ करोडको सिमा हटाएको छ। एउटै प्रकृतिको कर्जाको ब्याजदर अन्तर २ प्रतिशत भन्दा बढी राख्न नपाईने व्यवस्थाले ग्राहक बीचको भेदभाव हटाएको छ । यी र यस्तै केही नियमहरु तथा अर्थतन्त्रका केही सकरात्मक सूचकहरुको कारण बजार छिट्टै चलायमान हुने र लयमा आउन सक्ने ठाउँ देखिन्छ।
प्रतिक्रिया