काठमाडौँ। एभरेष्ट बैंकको लाभांश प्रस्तावित लाभांश आज वितरण हुनेछ। बैंकले आज असोज ३० गते साधारण सभा आह्वान गरेको हो।
बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। साधारण सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरिसकेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।
प्रतिक्रिया