वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकको ऋणपत्र ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ बाँडफाँड

अर्थलगानी
२०८० कार्तिक १, बुधबार

काठमाडौँ। सिटिजन्स बैंकको ऋणपत्र ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ बाँडफाँट भएको छ। बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको यो ऋणपत्र मंगलबार बाँडफाँड गरेको हो।

बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले बाँडफाँटसम्बन्धि विवरण हिमालयन क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन्स बैंकको ऋणपत्र ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ बाँडफाँट भएको छ। बैंकले असोज १७ गतेदेखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको यो ऋणपत्र मंगलबार बाँडफाँड गरेको हो। बैंकले १० वर्ष अवधिको १० प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। सोमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले बाँडफाँटसम्बन्धि विवरण हिमालयन क्यापिटलको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको वेबसाइटबाट हेर्न सक्नेछन्।