वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

अर्थलगानी
२०८० कार्तिक २, बिहीबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति थियो।

सपथ ग्रहणपश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनरलगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाका वारेमा प्रकाश पारे।

कार्यक्रममा गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैंकिङ क्षेत्रको विषयमा धारण व्यक्त गरे।

अध्यक्ष पाण्डे बैंकको १७औँ साधारणसभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले बैंकको सञ्चालकको हैसियतमा ४ वर्ष कार्य गरिसकेका छन्।

इन्जिनियरिङ संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार–व्यवसायमा सक्रिय रुपमा संलग्न छन्। नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति थियो। सपथ ग्रहणपश्चात कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनरलगायत उपस्थित सम्मपूणलाई धन्यवाद ज्ञापन गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाका वारेमा प्रकाश पारे। कार्यक्रममा गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैंकिङ क्षेत्रको विषयमा धारण व्यक्त गरे। अध्यक्ष पाण्डे बैंकको १७औँ साधारणसभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले बैंकको सञ्चालकको हैसियतमा ४ वर्ष कार्य गरिसकेका छन्। इन्जिनियरिङ संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार–व्यवसायमा सक्रिय रुपमा संलग्न छन्। नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ।