वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुक बिल्डिङ विधीबाट आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेण्ट, सेबोनले दियो स्वीकृत

अर्थलगानी
२०८० कार्तिक २, बिहीबार

काठमाडौँ। सर्वोत्तम सिमेण्टलले छिट्टै आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधीबाट प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने अन्तिम स्वीकृति दिएको हो। सोमबार बसेको बोर्डको संचालक समितिको बैठकले कम्पनीलाई आईपिओ निस्काशन गर्ने अनुमति दिएको हो ।

२०७९ वैशाखमै कम्पनीले बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०सँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि सेयरको मूल्य निर्धाण गर्ने प्रक्रिया अघि बढेको हो । कम्पनीले सर्वसाधारणलाई २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निस्काशन गर्ने ६० लाख कित्ता आईपीओमध्ये संस्थागत लगानीकर्ता (डिलरहरुसमेत) लाई २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र सर्वसाधारणलाई २५ लाख कित्ता छुट्याइएको छ।

कुनै पनि सेयरको किताबी मूल्य निर्धारण गर्ने आधुनिक प्रणालीलाई बुक बिल्डिङ’ भनिएको हो । सञ्चित कोषमा ठुलो रकम भएका कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने परिपाटीलाई बुकबिल्डिङ भनिन्छ । यस पद्धतिबाट नेपालमा पहिलो पटक आईपीओ आउन लागेको हो ।

धितोपत्र बोर्डका अनुसार सवोत्तमको आईपीओ अव सर्वसाधारणले प्रतिकित्ता ४०१ रुपैयाँमा किन्न पाउने छन् । यसअघि आईपीओ ल्याउने बेला १ कित्ता सेयरको ५०१ रुपैयाँभन्दा धेरै मूल्य आउने भनिएको थियो । त्यसबेला कम्पनीको नाफा पनि बढेको र सेयर बजार पनि उचाइमा रहेको थियो ।

तर अहिले बजार ओरालो लागेका बेला त्यस्तै अरु कम्पनीको सेयर मूल्य ४०० हाराहारी झरेपछि कम्पनीले प्राथमिक सेयर पनि त्यही स्तरको मूल्यमा बेच्न लागेको हो । अर्कातिर धितोपत्र बोर्डले आईपीओ जारी गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने प्रणालीलाई व्यवस्थित गर्नभन्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका उपाध्यक्षको संयोजकत्वमा गठित पुनः मूल्यांकन समितिले पनि यसको मूल्य घटाएको छ ।

यसअघि महँगो मूल्यमा आईपीओ जारी गर्न लागेकै बेला धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना यही सर्वोत्तम सिमेण्टकै भित्रि कारोबारमा परेर बरखास्त भए । त्यसपनि यो आईपीओमात्र होइन, बुक बिल्डिङ पद्धतिको प्रयोग नै स्थगित भएको थियो ।

अहिले पुनः निवेदन दिएर कम्पनीले ५५० रुपैयाँका दरले सेयर बेच्ने प्रस्ताव गरेको थियो । तर सेबोनले पुनः मूल्यांकन गरेर केही समय अघि प्रतिकित्ता ४५१ रुपैयाँमा झारेको थियो । अहिलेसम्म आउँदा कम्पनीको सञ्चित कोष थप क्षय भएको र बजारको मनोविज्ञान पनि कमजोर रहेको भन्दै धितोपत्र बोर्डले ४०१ रुपैयाँमा सेयर बेच्ने गरी अनुमति दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेण्टलले छिट्टै आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधीबाट प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने अन्तिम स्वीकृति दिएको हो। सोमबार बसेको बोर्डको संचालक समितिको बैठकले कम्पनीलाई आईपिओ निस्काशन गर्ने अनुमति दिएको हो । २०७९ वैशाखमै कम्पनीले बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०सँग सम्झौता गरेको थियो । उक्त सम्झौतापछि सेयरको मूल्य निर्धाण गर्ने प्रक्रिया अघि बढेको हो । कम्पनीले सर्वसाधारणलाई २५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले निस्काशन गर्ने ६० लाख कित्ता आईपीओमध्ये संस्थागत लगानीकर्ता (डिलरहरुसमेत) लाई २४ लाख कित्ता, स्थानीय जिल्ला बासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र सर्वसाधारणलाई २५ लाख कित्ता छुट्याइएको छ। कुनै पनि सेयरको किताबी मूल्य निर्धारण गर्ने आधुनिक प्रणालीलाई बुक बिल्डिङ’ भनिएको हो । सञ्चित कोषमा ठुलो रकम भएका कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने परिपाटीलाई बुकबिल्डिङ भनिन्छ । यस पद्धतिबाट नेपालमा पहिलो पटक आईपीओ आउन लागेको हो । धितोपत्र बोर्डका अनुसार सवोत्तमको आईपीओ अव सर्वसाधारणले प्रतिकित्ता ४०१ रुपैयाँमा किन्न पाउने छन् । यसअघि आईपीओ ल्याउने बेला १ कित्ता सेयरको ५०१ रुपैयाँभन्दा धेरै मूल्य आउने भनिएको थियो । त्यसबेला कम्पनीको नाफा पनि बढेको र सेयर बजार पनि उचाइमा रहेको थियो । तर अहिले बजार ओरालो लागेका बेला त्यस्तै अरु कम्पनीको सेयर मूल्य ४०० हाराहारी झरेपछि कम्पनीले प्राथमिक सेयर पनि त्यही स्तरको मूल्यमा बेच्न लागेको हो । अर्कातिर धितोपत्र बोर्डले आईपीओ जारी गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने प्रणालीलाई व्यवस्थित गर्नभन्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाका उपाध्यक्षको संयोजकत्वमा गठित पुनः मूल्यांकन समितिले पनि यसको मूल्य घटाएको छ । यसअघि महँगो मूल्यमा आईपीओ जारी गर्न लागेकै बेला धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगाना यही सर्वोत्तम सिमेण्टकै भित्रि कारोबारमा परेर बरखास्त भए । त्यसपनि यो आईपीओमात्र होइन, बुक बिल्डिङ पद्धतिको प्रयोग नै स्थगित भएको थियो । अहिले पुनः निवेदन दिएर कम्पनीले ५५० रुपैयाँका दरले सेयर बेच्ने प्रस्ताव गरेको थियो । तर सेबोनले पुनः मूल्यांकन गरेर केही समय अघि प्रतिकित्ता ४५१ रुपैयाँमा झारेको थियो । अहिलेसम्म आउँदा कम्पनीको सञ्चित कोष थप क्षय भएको र बजारको मनोविज्ञान पनि कमजोर रहेको भन्दै धितोपत्र बोर्डले ४०१ रुपैयाँमा सेयर बेच्ने गरी अनुमति दिएको छ ।