काठमाडौँ। नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २८ गते धुलिखेलमा साधारणसभा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गतेदेखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्
प्रतिक्रिया