काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले ११औँ वार्षिक साधारण सभा कात्तिक १७ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्याक्वेट थिरबम सडक काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हो।
प्रतिक्रिया