काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज सोमबार अपरान्ह ३ः१५ मा बसेको संचालक समितिको बैठकले आ.व. २०७९–८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
समितिको निर्णय अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रति शेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।
प्रतिक्रिया