काठमाडौँ। युनिलिभर नेपालले साधारणसभा आह्वान गरेको छ। गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव सहित युनिलिभरले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो। यो प्रस्तावप समेत सभामा लैजादै छ।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया