वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकको २२८ औं शाखा हाकिमचोकमा

अर्थलगानी
२०७९ चैत्र ११, शनिबार

काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औ शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ । आज शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बिगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औ शाखा चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा स्थापना गरेको छ । आज शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादु्र अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनबासीलाई आर्थिक रुपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे । नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बिगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवन बासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरे।