काठमाडौँ। एनआईसी एशिया ब्यालेन्सड् फन्ड र एनआईसी एशिया ग्रोथ फन्डले प्रतिफल वितरण भएका छ। एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई फन्डले आफ्ना इकाईधनीहरूको प्रतिफल स्वरुप बैंक खातामा नगद लाभांश पठाएका हुन्।
गत आवको मुनाफाबाट एनआईसी एशिया ब्यालेन्सड् फन्डले करसहित १० प्रतिशत र एनआईसी एशिया ग्रोथ फन्डले करसहित १०.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो । यी दुवै फन्डले प्रतिफल वितरण प्रयोजनार्थ मङ्सिर १ गतेदेखि इकाईधनी पुस्तिका बन्द गरेका थिए । बुकक्लोज अनुसार कार्तिक २३ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाएका छन् ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडले बैंक खातामा लाभांश प्राप्त भए–नभएको यकिन गर्न अनुरोध गरेको छ । हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका तथा हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्था मर्जरको कारणले गर्दा परिवर्तन भएका इकाईधनीले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खातामा समयमै अद्यावधिक गराउन भनेको छ ।
प्रतिक्रिया