काठमाडौँ। असोज महिनामा मात्रै बिमालेख १ अर्ब बढी रुपैयाँ बराबरका बिमालेख सरेन्डर भएका छन। नेपाल बीमा प्राधिकरणका अनुसार असोज महिनामा कुल १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरका ९ हजार ९३६ वटा बिमालेख सरेन्डर भएका हुन।
यसरी पोलिसी सरेण्डर हुने कम्पनीमा नेपाल लाईफ ईन्स्योरेन्स अग्रस्थानमा छ । असोज महिनामा मात्र यस कम्पनीबाट ३८ करोड ९३ लाख रपैयाँ बराबरको २ हजार ६ सय ४९ वटा पोलिसी सरेण्डर भएको छ ।
त्यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) र यही कात्तिक २३ गतेदेखि संस्थानबाट रुपान्तरण भएको राष्ट्रिय जीवन बीमा कम्पनी दोस्रो र तेस्रो स्थानमा रहेका छन् । असोजमा लाईफ ईन्स्योरेन्स कर्पोरेशनको २६ करोड २ लाख रुपैयाँ बढीको एक हजार ८१५ र राष्ट्रिय जीवन बीमा कम्पनीको ९ करोड ७१ लाख रुपैयाँ बढीको एक हजार ६५ वटा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।
यसैगरी, नेशनल लाईफबाट ९ करोड ४९ लाख, सूर्यज्योति लाईफबाट ८ करोड ८५ लाख, हिमालयन लाईफबाट ७ करोड ७७ लाख र एसियन लाईफबाट ६ करोड ५१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ ।
प्रतिक्रिया