काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ। बुधबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेसँगै सेयर मूल्य समायोजन भएको हो।
नेप्सेले कम्पनीको ८.६० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ४८७ रुपैयाँ ७५ पैसा कायम भएको छ।
बुधवार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।
प्रतिक्रिया