वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवस्थापक पक्षलाई आशा लघुवित्तका कर्मचारीको जबाफः ‘इच्छाले नभई बाध्यताले राजीनामा दिएका हौँ’

अर्थलगानी
२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले इच्छाले भन्दा पनि बाध्यताले राजीनामा दिएको बताएका छन। लघुवित्तको व्यवस्थापक पक्षलाई जवाफ तथा थप स्पष्टिकरण दिँदै कर्मचारीले यस्तो बताएका हुन।

व्यवस्थापक पक्षले विभेदकारी व्यवहार गरेको भन्दै करिब २ सय कर्मचारीले दिएको संयुक्त राजीनामामा व्यवस्थापक पक्षले व्यक्ति व्यक्तिलाई वास्तविक भए नभएको भन्दै स्पष्टिकरण माग गरेको थियो। उक्त स्पष्टिकरणको प्रतिजवाफ स्वरुप कर्मचारीले संयुक्त रुपमा नै राजीनामा आफैले दिएको तर इच्छाले नभई बाध्यताले दिएको उल्लेख गरेका छन।

साविक राष्ट्र उत्थान र आशा लघुवित्तको प्राप्ती पछि भएको विभेद, उच्च व्यवस्थापनले विभेदकारी तथा अस्वभाविक व्यवहार गरेको र काम गर्ने सहज वातावरण बनाउन पटक पटक विभिन्न माध्यमबाट छलफल गरेपनि सुनुवार्ई नभएको कर्मचारीहरुको भनाई छ।

कर्मचारीले व्यवस्थापकलाई पठाएको खण्डन जवाफमा, ‘पटक पटक गरीएको संम्बाद तथा भर्चुअल बैठकहरु गर्दासमेत एकतर्फी मंनोमानी रुपले तत्कालिन बरिष्ठ नायब कार्यकारी निर्देशक एवं हालका निमित्त प्रमुख कार्यकारी निर्देशक श्री वद्रि प्रसाद दुलालको निर्देशनमा तल्लो तहको फील्ड कर्मचारी देखी शाखा प्रमुख, अनुगमंन अधिकृत लगायत विभागीय एवं अन्य सम्पुर्ण कर्मचारीलाई समेत आफु अनुकुलताका केन्द्रिय कार्यालय मातहतका केहि विभागहरुलाई गुटबन्दि गरी धम्क्याउने, मानसिक तनाव दिने, साविक राष्ट्र उत्थानका कर्मचारीहरु काम नलाग्ने कर्मचारी यस संस्थामा चाहीदैन भन्ने, यस्ता कर्मचारीहरु काम चोर हो भन्ने, घर पठाइदिन्छु भन्ने, शाखा अनुगमनको बाहानामा मादक पदार्थको सेवन गरी हाजिरी चेक गर्ने भन्दै मोबाइल जफत गरी वैयक्तिक गोपनियता सम्बन्धि ऐन विपरित व्यक्तिगत प्रोफाइलहरु खोलेर हेर्ने र त्यसको आधारमा होच्याउने । वर्षाै पहिले देखी भाखा नाघेको कर्जा (खराव कर्जा) जसरी पनि निति नियम विपरीत तवरले भएपनि उठाउनुहोस नत्र भने सबै कर्मचारीहरु मिलि दामासाही भाग लाएर जसरी हुन्छ तिर्नुस तर भोलीको दिनमा एनपीएल घटेको हुनुपर्छ भनेर व्यक्ति–व्यक्तिलाई राती राती समेत धम्क्याउने, मानसिक टचर गर्ने गरेको हुनाले हामी कर्मचारीहरुद्वारा श्री निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलाल यस संस्थामा रहेसम्म काम गर्ने वातावरण बन्न नसक्ने नै देखियो तसर्थ सामुहिक राजिनामा हामी कर्मचारीहरुको इच्छा नभई याध्यता भएकोले ११ बुदे माग सहित उच्च व्यवस्थापनमा पेश गरेका छौ।’ भनि उल्लेख गरिएको छ।

कर्मचारीले सामुहिक रुपमा स्पष्टिकरण दिँदै कसैको लहलहैमा नलागी आफ्नो अधिकारको लागि संयुक्त रुपमा राजिखुसि राजिनामा दिएको जनाएका छन।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीले इच्छाले भन्दा पनि बाध्यताले राजीनामा दिएको बताएका छन। लघुवित्तको व्यवस्थापक पक्षलाई जवाफ तथा थप स्पष्टिकरण दिँदै कर्मचारीले यस्तो बताएका हुन। व्यवस्थापक पक्षले विभेदकारी व्यवहार गरेको भन्दै करिब २ सय कर्मचारीले दिएको संयुक्त राजीनामामा व्यवस्थापक पक्षले व्यक्ति व्यक्तिलाई वास्तविक भए नभएको भन्दै स्पष्टिकरण माग गरेको थियो। उक्त स्पष्टिकरणको प्रतिजवाफ स्वरुप कर्मचारीले संयुक्त रुपमा नै राजीनामा आफैले दिएको तर इच्छाले नभई बाध्यताले दिएको उल्लेख गरेका छन। साविक राष्ट्र उत्थान र आशा लघुवित्तको प्राप्ती पछि भएको विभेद, उच्च व्यवस्थापनले विभेदकारी तथा अस्वभाविक व्यवहार गरेको र काम गर्ने सहज वातावरण बनाउन पटक पटक विभिन्न माध्यमबाट छलफल गरेपनि सुनुवार्ई नभएको कर्मचारीहरुको भनाई छ। कर्मचारीले व्यवस्थापकलाई पठाएको खण्डन जवाफमा, ‘पटक पटक गरीएको संम्बाद तथा भर्चुअल बैठकहरु गर्दासमेत एकतर्फी मंनोमानी रुपले तत्कालिन बरिष्ठ नायब कार्यकारी निर्देशक एवं हालका निमित्त प्रमुख कार्यकारी निर्देशक श्री वद्रि प्रसाद दुलालको निर्देशनमा तल्लो तहको फील्ड कर्मचारी देखी शाखा प्रमुख, अनुगमंन अधिकृत लगायत विभागीय एवं अन्य सम्पुर्ण कर्मचारीलाई समेत आफु अनुकुलताका केन्द्रिय कार्यालय मातहतका केहि विभागहरुलाई गुटबन्दि गरी धम्क्याउने, मानसिक तनाव दिने, साविक राष्ट्र उत्थानका कर्मचारीहरु काम नलाग्ने कर्मचारी यस संस्थामा चाहीदैन भन्ने, यस्ता कर्मचारीहरु काम चोर हो भन्ने, घर पठाइदिन्छु भन्ने, शाखा अनुगमनको बाहानामा मादक पदार्थको सेवन गरी हाजिरी चेक गर्ने भन्दै मोबाइल जफत गरी वैयक्तिक गोपनियता सम्बन्धि ऐन विपरित व्यक्तिगत प्रोफाइलहरु खोलेर हेर्ने र त्यसको आधारमा होच्याउने । वर्षाै पहिले देखी भाखा नाघेको कर्जा (खराव कर्जा) जसरी पनि निति नियम विपरीत तवरले भएपनि उठाउनुहोस नत्र भने सबै कर्मचारीहरु मिलि दामासाही भाग लाएर जसरी हुन्छ तिर्नुस तर भोलीको दिनमा एनपीएल घटेको हुनुपर्छ भनेर व्यक्ति–व्यक्तिलाई राती राती समेत धम्क्याउने, मानसिक टचर गर्ने गरेको हुनाले हामी कर्मचारीहरुद्वारा श्री निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलाल यस संस्थामा रहेसम्म काम गर्ने वातावरण बन्न नसक्ने नै देखियो तसर्थ सामुहिक राजिनामा हामी कर्मचारीहरुको इच्छा नभई याध्यता भएकोले ११ बुदे माग सहित उच्च व्यवस्थापनमा पेश गरेका छौ।’ भनि उल्लेख गरिएको छ। कर्मचारीले सामुहिक रुपमा स्पष्टिकरण दिँदै कसैको लहलहैमा नलागी आफ्नो अधिकारको लागि संयुक्त रुपमा राजिखुसि राजिनामा दिएको जनाएका छन।