वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश पारित गर्न एनआईसी एसिया लघुवित्तले बोलायो साधारणसभा, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

अर्थलगानी
२०८० मंसिर १०, आईतवार

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले छैटाँै वार्षिक साधारणसभा आउँदो पुस ६ गते बोलाएको हो।

सभा सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षका लागि संस्थाले चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव संस्थाले गरेको छ।

सभाले संस्थापक समूहबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभालाई ध्यानमा राखेर संस्थाले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले छैटाँै वार्षिक साधारणसभा आउँदो पुस ६ गते बोलाएको हो। सभा सुनसरीको धरानस्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षका लागि संस्थाले चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव संस्थाले गरेको छ। सभाले संस्थापक समूहबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक साधारणसभा र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। वार्षिक साधारणसभालाई ध्यानमा राखेर संस्थाले मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।