वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड मोदी हाइड्रोपावरले सत प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थलगानी
२०८० मंसिर १४, बिहीबार

काठमाडौँ। युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।

नियामक निकायबाट स्वीकृति भएपछि कम्पनीले आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ। सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ। बोर्डबाट अनुमति पाएपछि मात्र यसले हकप्रद सेयर बिक्री गर्नेछ। हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो। नियामक निकायबाट स्वीकृति भएपछि कम्पनीले आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ। सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्नेछ। बोर्डबाट अनुमति पाएपछि मात्र यसले हकप्रद सेयर बिक्री गर्नेछ। हाल यसको चुक्ता १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद पछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ।