वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा

अर्थलगानी
२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले साधारणसभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सभा आह्वान गरेको हो।

बैंकले आफ्नो पाँचौँ वार्षिक साधारण पुस १७ गते, मंगलबार, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा गर्न लागेको हो। सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले साधारणसभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सभा आह्वान गरेको हो। बैंकले आफ्नो पाँचौँ वार्षिक साधारण पुस १७ गते, मंगलबार, अनुपमा फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा गर्न लागेको हो। सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।