वि.सं. २०८२ असार १६, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऋणीलाई गर्भनरको जवाफ, ‘घाँटी हेरेर हड्डी निल्नुपर्थ्यो, कर्जाले समस्यामा पार्याे भनेर हुन्छ?’

अर्थलगानी
२०८० मंसिर १५, शुक्रबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै ऋण लिएर समस्यामा परियो भन्दैमा सहजिकरण नहुने बताएका छन। नेपाल आर्थिक पत्रकार समाज(सेजन) को वार्षिक साधारणसभामा बोल्दै गभर्नरले ऋण लिँदै हैसियत अनुसार लिनुपर्ने भन्दै यस्तो बताएका हुन।

उनले भने, ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ?’ गभर्नर अधिकारीले प्रश्न गरे। नेपाल आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आयोजना गरेको एक कार्यक्रमना अधिकारीले व्यवसायीले ऋण लिँदा आफ्नो हैसियत पनि हेर्नुपर्ने बताएका छन्।

‘व्यवसायी साथीहरुलाई मेरो आग्रह छ, ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘त्यसैले ऋण लिनेबेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।’

गभर्नरले कुनै पनि बैंकले बैंकले ७ प्रतिशतमा ऋण लिएर १८ प्रतिशत ब्याज नलिएको समेत दाबी गरेका छन। उनले भने, ‘कसैले १६÷१८ प्रतिशत ब्याज लिएको छ भने गुनासो लिएर आउनुस् त्यो बैंकबाट तपाईबाट लिएको बढी ब्याज फर्ता गराउँछु।’

अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिर बहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै ऋण लिएर समस्यामा परियो भन्दैमा सहजिकरण नहुने बताएका छन। नेपाल आर्थिक पत्रकार समाज(सेजन) को वार्षिक साधारणसभामा बोल्दै गभर्नरले ऋण लिँदै हैसियत अनुसार लिनुपर्ने भन्दै यस्तो बताएका हुन। उनले भने, ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ?’ गभर्नर अधिकारीले प्रश्न गरे। नेपाल आर्थिक पत्रकार समाज सेजनले राजधानीमा आयोजना गरेको एक कार्यक्रमना अधिकारीले व्यवसायीले ऋण लिँदा आफ्नो हैसियत पनि हेर्नुपर्ने बताएका छन्। ‘व्यवसायी साथीहरुलाई मेरो आग्रह छ, ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘त्यसैले ऋण लिनेबेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।’ गभर्नरले कुनै पनि बैंकले बैंकले ७ प्रतिशतमा ऋण लिएर १८ प्रतिशत ब्याज नलिएको समेत दाबी गरेका छन। उनले भने, ‘कसैले १६÷१८ प्रतिशत ब्याज लिएको छ भने गुनासो लिएर आउनुस् त्यो बैंकबाट तपाईबाट लिएको बढी ब्याज फर्ता गराउँछु।’ अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिर बहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’