काठमाडौँ। शिव श्री हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा विद्युत बिक्रिमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ रहेको नोक्सानी यो वर्ष ७२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको हो।
विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी घटेको वित्तिय विवरणमा देखिएको छ। विद्युत् बिक्रीबाट हुने आम्दानी १०.३१ प्रतिशतले बढेर १७ करोड १० लाख २४ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष यसैअवधिमा यसले १५ करोड ५० लाख ३७ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । गत वर्ष १३ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १५ करोड १८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।असोज मसान्तसम्म आइपुग्दा शिव श्री हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३९ रुपैयाँ ९२ पैसा छ ।
प्रतिक्रिया