वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भन्सार विभागका महानिर्देशक पौडेलले पाए नेप्सेको अध्यक्षको जिम्मेवारी

अर्थलगानी
२०८० मंसिर २६, मंगलवार

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन्। अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। यसबारे बुझ्दा पौडेलले मन्त्रालयबाट नेप्से अध्यक्षमा नियुक्त भएको चिठ्ठी पाइसकेको जानकारी दिए। चिठ्ठी पाए पनि उनी नेप्सेको अध्यक्षकारुपमा पद बहालीलाई भने पुगिसकेका छैनन्।

‘चिठ्ठी पाइसकेको छु। तर पदभार ग्रहण गरिसकेको छैन,’ पौडेलले भने । मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने फिर्ता बोलाएको छ । बरालले यही असार ३ गतेदेखि नेप्सेको अध्यक्षको भूमिका सम्हालेका थिए।

उनलाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन्। अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। यसबारे बुझ्दा पौडेलले मन्त्रालयबाट नेप्से अध्यक्षमा नियुक्त भएको चिठ्ठी पाइसकेको जानकारी दिए। चिठ्ठी पाए पनि उनी नेप्सेको अध्यक्षकारुपमा पद बहालीलाई भने पुगिसकेका छैनन्। ‘चिठ्ठी पाइसकेको छु। तर पदभार ग्रहण गरिसकेको छैन,’ पौडेलले भने । मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने फिर्ता बोलाएको छ । बरालले यही असार ३ गतेदेखि नेप्सेको अध्यक्षको भूमिका सम्हालेका थिए। उनलाई २०८० जेठ ३२ गते अर्थमन्त्री स्तरीय निर्णयबाट नेप्सेको अध्यक्षमा नियुक्त गरिएको थियो।