वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कार्तिकमा साढे ७९ करोड रुपैयाँ बराबरको पोलिसि सरेण्डर

अर्थलगानी
२०८० मंसिर २६, मंगलवार

काठमाडौँ। कार्तिक महिनामा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको ६ हजार ९१ वटा पोलिसि सरेण्डर भएको छ।

असोज महिनाको तुलनामा कार्तिक महिनामा ३ हजार ८ सय ४५ वटा पोलिसि सरेण्डरको कम भएको हो। असोजमा एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९३६ वटा पोलिसि सरेण्डर भएको थियो ।

कार्तिक महिनामा सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसि सरेण्डर भएको छ। यो कम्पनीको यो एक महिनामा २६ करोड ४३ लाख रुपैयाँको १ हजार ७७७ वटा पोलिसि सरेण्डर भएको छ। त्यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पोरेशनको १७ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार १५५ वटा पोलिसि सरेण्डर भएको हो।

यसैगरी, एशियन लाईफको १२ करोड १९ लाख रुपैयाँ बराबरको ९८७ वटा पोलिसि र नेशनल लाईफ ईन्स्योरेन्सको ६ करोड ३३ लाख रुपैयाँ बराबरको ३९१ वटा पोलिसि सरेण्डर भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। कार्तिक महिनामा ७९ करोड ४९ लाख रुपैयाँ बराबरको ६ हजार ९१ वटा पोलिसि सरेण्डर भएको छ। असोज महिनाको तुलनामा कार्तिक महिनामा ३ हजार ८ सय ४५ वटा पोलिसि सरेण्डरको कम भएको हो। असोजमा एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९३६ वटा पोलिसि सरेण्डर भएको थियो । कार्तिक महिनामा सबैभन्दा धेरै नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसि सरेण्डर भएको छ। यो कम्पनीको यो एक महिनामा २६ करोड ४३ लाख रुपैयाँको १ हजार ७७७ वटा पोलिसि सरेण्डर भएको छ। त्यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पोरेशनको १७ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार १५५ वटा पोलिसि सरेण्डर भएको हो। यसैगरी, एशियन लाईफको १२ करोड १९ लाख रुपैयाँ बराबरको ९८७ वटा पोलिसि र नेशनल लाईफ ईन्स्योरेन्सको ६ करोड ३३ लाख रुपैयाँ बराबरको ३९१ वटा पोलिसि सरेण्डर भएको छ।