काठमाडौँ। कालिञ्चोक दर्शन लिमिटेडले पुस २६ गते, रोयल ईभेन्ट (पार्टी प्यालेस), तिनकुने काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्नो नवौँ वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीको सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र विषय विज्ञबाट १ जना गरी जम्मा ७ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीलाई आवश्यक पूँजी निर्माणका लागि हकप्रद शेयर सम्बन्धमा छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया