काठमाडौँ। हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। हिजो पुस १ गते नै आईपीओ पुरै बिक्री भएसंगै कम्पनीले आज आईपीओ बिक्री बन्द गर्न लागेको हो ।
हिजो आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ। हिजो साँझ ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओमा १४ लाख ६० हजार १ सय १७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् ।
कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको हो।
प्रतिक्रिया