काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव अनुसार नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रु. ५ अर्ब कायम गर्न हाल कायम रहेको चुक्ता पूँजी रु ४ अर्ब २९ करोड ६० लाख को १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
बैठकले यसका लागि नेपाल बीमा प्राधिकरणमा सैद्धान्तीक स्वीकृतीको लागि लेखि पठाउने साथै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछी आगामि वार्षिक साधारण सभाबाट अनुमोदन गराई हकप्रद शेयर जारी गरी न्यूनतम चुक्ता पूँजी कायम गर्ने निर्णय भएको जनाएको छ ।
प्रतिक्रिया