वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक कम्पनीको ३१ प्रतिशत लाभांश सुरक्षित गर्न मात्रै एक दिन बाँकी

अर्थलगानी
२०८० पुष ३, मंगलवार

काठमाडौँ। एक कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत लाभांश सुरक्षित गर्न एक दिन मात्रै बाँकी रहेको छ।

३१ प्रतिशत लाभांश प्रस्ताव गरेको सोल्टी होटलले पर्सि पुस ५ गते बिहिबार बुक क्लोज गर्न लागेको हो। कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा गर्न लागेको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु गर्न लागेको होटलले सोही प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो।

तसर्थ बुधबार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सोल्टी होटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एक कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत लाभांश सुरक्षित गर्न एक दिन मात्रै बाँकी रहेको छ। ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको सोल्टी होटलले पर्सि पुस ५ गते बिहिबार बुक क्लोज गर्न लागेको हो। कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा गर्न लागेको छ। सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे सुरु गर्न लागेको होटलले सोही प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो। तसर्थ बुधबार पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सोल्टी होटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।