वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजबाट कारोबारमा आए यी तीन कम्पनी, कसको कतिमा भयो पहिलो कारोबार?

अर्थलगानी
२०८० पुष ५, बिहीबार

काठमाडौँ। आजबाट थप तीन वटा कम्पनीको शेयर कारोबार दोस्रो बजारमा सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको हो।

बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ । चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ भने भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।

यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो।

भिजन लुम्बिनीको (भीएलयुसीएल) संकेतमा कारोबार सुरु भएको छ भने चिरख्वाको (सीकेएचएल) संकेतमा यसको कारोबार सुरु भएको छ । यस्तै नेपाल वेयर हाउजिङ कम्पनीको कारोबार संकेत (एनडब्लुसीएल) रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आजबाट थप तीन वटा कम्पनीको शेयर कारोबार दोस्रो बजारमा सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार सुरु भएको हो। बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ । चिरख्वा हाइड्रोपावरको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ भने भिजन लुम्बिनीको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ। यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। भिजन लुम्बिनीको (भीएलयुसीएल) संकेतमा कारोबार सुरु भएको छ भने चिरख्वाको (सीकेएचएल) संकेतमा यसको कारोबार सुरु भएको छ । यस्तै नेपाल वेयर हाउजिङ कम्पनीको कारोबार संकेत (एनडब्लुसीएल) रहेको छ ।