वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रेस्ट माइक्रो लाइफले सार्वजनीक गर्याे ‘सिएमएल लघु सावधिक जीवन बीमा योजना’

अर्थलगानी
२०८० पुष ६, शुक्रबार

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ। बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ। यसको प्रमुख बिशेषता भनेको रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ४५ प्रति वर्ष प्रति हजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टि रिर्टन हो ।

कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम रु दश हजार रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।

कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टि गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ। बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ। यसको प्रमुख बिशेषता भनेको रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ४५ प्रति वर्ष प्रति हजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टि रिर्टन हो । कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम रु दश हजार रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् । कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टि गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।