वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उन्नति सहकार्य लघुवित्तले पुष २९ गते बोलायो साधारण सभा

अर्थलगानी
२०८० पुष ११, बुधबार

काठमाडौँ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ। सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ। साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ। सभा रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ। साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ। साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ।