काठमाडौँ। नेपाल हाइड्रो डेभलपर्सको साधारण सभा आज हुँदै छ। आज पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सभा सुरु हुन लागेको हो।
सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गरीसकेको छ । तसर्थ, यसमा मंसिर २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया