काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीलाई पुस ११ गते हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ स् १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ । जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्न लागिएको बताएको छ ।
प्रतिक्रिया