वि.सं. २०८२ असार १५, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निफ्राले बोलायो साधारण सभा, कहिले र कहाँ हुँदै छ?

अर्थलगानी
२०८० पुष १५, आईतवार

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मंगलबार पुस १७ गते वार्षिक साधारण सभा गर्न लागेको छ। अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सभा सुरु गर्न लागेको हो।

सभाबाट बैंकले ४.२१०५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित हुनेछ। त्यस्तै सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मंगलबार पुस १७ गते वार्षिक साधारण सभा गर्न लागेको छ। अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सभा सुरु गर्न लागेको हो। सभाबाट बैंकले ४.२१०५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित हुनेछ। त्यस्तै सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।