काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सत प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीको पुस १३ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री गर्नका लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
पुस २० र २१ गते क्रमशः शुक्रबार र शनिबार परेको छ । सोही कारण यी दिनमा सेयर कारोबार हुँदैन । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया