काठमाडौँ। बलेफी हाइड्रोपावर लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ। हाईड्रोपावरले गत आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनी सञ्चालक समितिको पुस १३ गते शुक्रबार बसेको बैठकले लाभांश वितरणको कुनै प्रस्ताव नराखि सभा डाकेको छ । बैठकले २०८० माघ १० गते आम्रपालि व्याक्वेट नक्साल भाटभटेनीमा बुधबार बिहान ११ बजे कम्पनीको बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले लाभांश नदिने भएपनि हकप्रदको प्रस्ताव सभामा लैजान लागेको छ। सभाको विशेष प्रस्तावहरुमा कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने साधारण सभाका निर्णय बमोजिम विद्युत नियमन आयोगबाट सहमती प्राप्ती पश्चात अनुमोदन तथा पारित गर्ने रहेको छ । साथै संस्थापक सेयरधनीहरुबाट सेयर बापतको एड्भान्स रकम उठाउने साथै नियमनकारी निकायहरुबाट कुनै संसोधन तथा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
सभाबाट कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन र हकप्रद सेयर सम्बन्धी पारित प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु पर्ने भएमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
सभाले हकप्रद सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग सम्बन्धमा समेत निर्णय गर्नेछ । हकप्रद सेयर जारी गर्दा कुनै सेयरधनीले आफूले लिन पाउने हकप्रद सेयर लिने इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सो वापतको रकम दाखिला गरी अर्को सेयरधनीले हकप्रद सेयर लिन पाउने व्यवस्था पनि सभामा राखिएको छ ।
यसैगरी सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने भएको छ ।
बाह्रौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । साथै सभाले सञ्चालक समितिको पुर्नगठन गर्ने र कम्पनीको ठेगाना परिवर्तन गर्नका लागि प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने भएको छ ।
प्रतिक्रिया