वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफको लाभांश घोषणा

अर्थलगानी
२०८० पुष १७, मंगलवार

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९–८० सम्मको संचिती मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६२५ प्रतिशत नगद गरी कुल ५ दशमलव २६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हिजो पुस १६ गते बसेको संचालक समितिको बैठकले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९–८० सम्मको संचिती मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६२५ प्रतिशत नगद गरी कुल ५ दशमलव २६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हिजो पुस १६ गते बसेको संचालक समितिको बैठकले १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।