वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोत्तम सिमेन्टको आईपीओमा कहिलेदेखि आवेदन दिन मिल्छ?

अर्थलगानी
२०८० पुष १७, मंगलवार

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन मिति तय गरेको छ। उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्ने छ।

कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । यस निष्काशनमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिईसक्नु पर्ने छ । उद्योग प्रभावित स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

उद्योगरखानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् ।

नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) ।

खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ (साविक सिद्धेश्वर गा.वि.स. का वडा नं. १, २, ४, ६, ७, ८, ९ र साविक सोमाबी गा.बि.स.को वडा नं. १ र २०, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ ९साविक वेउराली गा.वि.स. वडा नं. ३, ४, ५, ६ र ७, साविक खस्यौली गा.वि.स. वडा नं. २, ४, ५, ६ र ७, साबिक भैरवस्थान गा.वि.स. वडा नं. ३, ४, ६ र ७ र साविक ठिमुरे गा.वि.स. वडा नं. ३, ८ र ९०, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३ (साविक कचल गा.वि.स. का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु र साविक दोभान गा।वि।स। का वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९), मायागढी गाउँपालिकाको वडा नं. ७ र ८ (साविक रहह्यास गा.वि.स. र साबिक बहादुरपुर गा।वि।स।का सम्पूर्ण वडाहरु) र निस्वी गाउँपालिकाको वडा नं. ७ (साविक ज्यामिरे गा.वि.स.का सम्पूर्ण वडाहरु) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु।

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो। दोस्रो चरणमा अहिले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गर्न लागेको हो। यस पछि कम्पनीले तेस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन मिति तय गरेको छ। उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । यस निष्काशनमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिईसक्नु पर्ने छ । उद्योग प्रभावित स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । उद्योगरखानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) । खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ (साविक सिद्धेश्वर गा.वि.स. का वडा नं. १, २, ४, ६, ७, ८, ९ र साविक सोमाबी गा.बि.स.को वडा नं. १ र २०, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ ९साविक वेउराली गा.वि.स. वडा नं. ३, ४, ५, ६ र ७, साविक खस्यौली गा.वि.स. वडा नं. २, ४, ५, ६ र ७, साबिक भैरवस्थान गा.वि.स. वडा नं. ३, ४, ६ र ७ र साविक ठिमुरे गा.वि.स. वडा नं. ३, ८ र ९०, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३ (साविक कचल गा.वि.स. का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु र साविक दोभान गा।वि।स। का वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९), मायागढी गाउँपालिकाको वडा नं. ७ र ८ (साविक रहह्यास गा.वि.स. र साबिक बहादुरपुर गा।वि।स।का सम्पूर्ण वडाहरु) र निस्वी गाउँपालिकाको वडा नं. ७ (साविक ज्यामिरे गा.वि.स.का सम्पूर्ण वडाहरु) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु। कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो। दोस्रो चरणमा अहिले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गर्न लागेको हो। यस पछि कम्पनीले तेस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।