वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रोकर ३८ को संलग्नतामा चिर्खवा हाईड्रोपावरको कारोबारमा चलखेल, एकै दिन ३३ प्रतिशले मूल्य घटाएर बिक्रि

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। चिर्खवा हाईड्रोपावरको शेयर कारोबारमा चलखेल भएको पाईएको छ। दिपशिखा धितोपत्र कारोबार कम्पनी लिमिटेड (ब्रोकर नं. ३८) को संलग्नतामा एकै दिन ३३ प्रतिशतले मूल्य तल पारेर ६४५ कित्ता शेयर कारोबार भएको देखिएको हो।

पुस १६ गते सोमबारको अन्तिम कारोबार मूल्य ४८३.१० रुपैयाँ रहेको थियो। तर, मंगलबार कारोबारको अन्त्यतिर ब्रोकर ३८ ले एकाएक ३२० रुपैयाँ ८३ पैसा मूल्य राखेर ठुलो कित्ता शेयर बिक्रि गरेको छ। यो अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ३३.५९ प्रतिशतले बढी हो। जबकी शेयर अर्डर गर्दा अन्तिम कारोबार मूल्य भन्दा बढीमा २ प्रतिशत र एक दिनमा १० प्रतिशतले बढाएर वा घटाएर मात्रै कारोबार गर्न मिल्छ। तर, अगाडी पछाडी कारोबार ५३१.४० रुपैयाँले भईरहेकोमा ठुलो कित्ता शेयर ३२० मा कारोबार गरिएको छ।

यो भर्खरै आईपीओ सूचिकृत भएको कम्पनी हो। सुरुका दिन देखि नै यसमा सकरात्मक सर्किट लाग्दै आएको छ। पक्कै पनि आईपीओ आएको र अलिकति लो क्याप भएको कम्पनी लगानीकर्ताले होल्ड गर्न चाहन्छ। तर, यो कारोबारले यस कम्पनीको कारोबारमा खेलाडीहरुले इन्साइडर ट्रेडिङ गरिरहेको देखिन्छ।

यो कम्पनी आईपीओको शेयर सूचिकृत भएर पुस ५ गतेदेखि कारोबारमा आएको हो। यस्तो छ कारोबार दिनको प्राइस हिष्ट्री,

नेपाल स्टक एक्सचेन्ज नेप्सेका सुचना अधिकारी मुरहरी पराजुलीले कुनैकुनै समय सामान्यतया दिनमा हुने कारोबार बाहेकका कारोबार मिलान गर्दा यस्तो देखिन सक्ने भन्दै आफुले उक्त कारोबार नहेरेको कारण ठोस दाबी दिन नसक्ने बताएका छन। उनले भने, ‘बल्व कारोबार गर्दा, हक्सनबाट उठाएको शेयर अथवा बाहिर भएको कारोबारलाई त्यहाँ मिलाउँदा यस्तो देखिन सक्छ। यद्यपी त्यसको वास्तविकता नहेरी यहि तत्कालै यहि भएको भन्न मिल्दैन।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। चिर्खवा हाईड्रोपावरको शेयर कारोबारमा चलखेल भएको पाईएको छ। दिपशिखा धितोपत्र कारोबार कम्पनी लिमिटेड (ब्रोकर नं. ३८) को संलग्नतामा एकै दिन ३३ प्रतिशतले मूल्य तल पारेर ६४५ कित्ता शेयर कारोबार भएको देखिएको हो। पुस १६ गते सोमबारको अन्तिम कारोबार मूल्य ४८३.१० रुपैयाँ रहेको थियो। तर, मंगलबार कारोबारको अन्त्यतिर ब्रोकर ३८ ले एकाएक ३२० रुपैयाँ ८३ पैसा मूल्य राखेर ठुलो कित्ता शेयर बिक्रि गरेको छ। यो अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ३३.५९ प्रतिशतले बढी हो। जबकी शेयर अर्डर गर्दा अन्तिम कारोबार मूल्य भन्दा बढीमा २ प्रतिशत र एक दिनमा १० प्रतिशतले बढाएर वा घटाएर मात्रै कारोबार गर्न मिल्छ। तर, अगाडी पछाडी कारोबार ५३१.४० रुपैयाँले भईरहेकोमा ठुलो कित्ता शेयर ३२० मा कारोबार गरिएको छ। यो भर्खरै आईपीओ सूचिकृत भएको कम्पनी हो। सुरुका दिन देखि नै यसमा सकरात्मक सर्किट लाग्दै आएको छ। पक्कै पनि आईपीओ आएको र अलिकति लो क्याप भएको कम्पनी लगानीकर्ताले होल्ड गर्न चाहन्छ। तर, यो कारोबारले यस कम्पनीको कारोबारमा खेलाडीहरुले इन्साइडर ट्रेडिङ गरिरहेको देखिन्छ। यो कम्पनी आईपीओको शेयर सूचिकृत भएर पुस ५ गतेदेखि कारोबारमा आएको हो। यस्तो छ कारोबार दिनको प्राइस हिष्ट्री, नेपाल स्टक एक्सचेन्ज नेप्सेका सुचना अधिकारी मुरहरी पराजुलीले कुनैकुनै समय सामान्यतया दिनमा हुने कारोबार बाहेकका कारोबार मिलान गर्दा यस्तो देखिन सक्ने भन्दै आफुले उक्त कारोबार नहेरेको कारण ठोस दाबी दिन नसक्ने बताएका छन। उनले भने, ‘बल्व कारोबार गर्दा, हक्सनबाट उठाएको शेयर अथवा बाहिर भएको कारोबारलाई त्यहाँ मिलाउँदा यस्तो देखिन सक्छ। यद्यपी त्यसको वास्तविकता नहेरी यहि तत्कालै यहि भएको भन्न मिल्दैन।’