वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन रिइन्सुरेन्सको सेयर डिम्याट खातामा जम्मा

अर्थलगानी
२०८० पुष १८, बुधबार

काठमाडौँ। हिमालयन रिइन्सुरेन्स लिमिटेडको सेयर डिम्याट खातामा आएको छ। मंगलबार (पुस १७ गते) यस कम्पनीको आइपीओ सेयरधनीको डिम्याट खातामा आएको हो ।

यसलाई ‘एचआरएल’ संकेत प्रदान गरिएको छ । नेप्सेमा आइपीओ सूचीकृत भएपछि यसको नियमित कारोबार सुरु हुनेछ । रिइन्सुरेन्सको आइपीओ गत बुधबार ९पुस ११ गते० बाँडफाँट भएको थियो ।

यो कम्पनीको शेयर सर्वसाधाणले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो । कुल २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन रिइन्सुरेन्स लिमिटेडको सेयर डिम्याट खातामा आएको छ। मंगलबार (पुस १७ गते) यस कम्पनीको आइपीओ सेयरधनीको डिम्याट खातामा आएको हो । यसलाई ‘एचआरएल’ संकेत प्रदान गरिएको छ । नेप्सेमा आइपीओ सूचीकृत भएपछि यसको नियमित कारोबार सुरु हुनेछ । रिइन्सुरेन्सको आइपीओ गत बुधबार ९पुस ११ गते० बाँडफाँट भएको थियो । यो कम्पनीको शेयर सर्वसाधाणले अधिकतम ४० कित्तासम्म सेयर हात पारेका छन् । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो । कुल २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिमालयन रिइन्सुरेन्स लिमिटेडलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।