काठमाडौं। हिमालयन बैंकले ७८ हजार ४२ कित्ता संस्थापक शेयर बिक्रि खुल्ला गरेको छ। संस्थापक शेरधनिहरुले आफ्नो नाममा रहेको ७८ हजार ४२ कित्ता शेयर बिक्रि गर्न कम्पनिमा आवेदन दिएसंगै सञ्चालक समितिको पारित गरि उत्तm शेयर बिक्रिमा लिएको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० को निर्देशन नं. १० बमोजिम संस्थापक शेयरहरु खरिद गरी लिन नियम अनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरु नै हुन्छन् । तसर्थ उक्त शेयर खरिदका लागि विद्यवान शेयरधनि मात्रै रहन्छन् ।
इन्छुक शेयरधनिले आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा खुलाई निवेदन दिन सकिने सूचनामा उल्लेख छ। साथै उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकलाई संस्थापक शेयर बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही प्रकृया अघि बढाईने समेत कम्पनीले जनाएको छ।
चार जनाले बिक्रि गर्न चाहेको संस्थापक शेयर कम्पनिले बिक्रि गर्न ३५ दिने सुचना जारि गरेको हो ।
प्रतिक्रिया