काठमाडौँ। सेयर बजारमा आज (बिहिबार) ८.७१ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ को बिन्दुमा कायम भएको हो ।
आज ३ सय ३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १ सय १ कित्ता शेयर १ लाख ८ हजार ४ सय ३ पटक कारोबार हुदाँ रू ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया