वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन रिको शेयर आजबाट कारोबारमा आउँदै

अर्थलगानी
२०८० पुष २३, सोमबार

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर आज पुस २३ गतेबाट कारोबारमा आउने भएको छ। कम्पनीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै आजबाट कारोबारमा आउन लागेको हो।

हिमालयन रिइन्स्योरेन्सको सय रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ करोड कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारमा रहेका नेपाली र कर्मचारीसहित) को ३ करोड कित्ता शेयर प्रतिशत सूचीकृत भएको छ।

नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ। यदि आज स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर आज पुस २३ गतेबाट कारोबारमा आउने भएको छ। कम्पनीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै आजबाट कारोबारमा आउन लागेको हो। हिमालयन रिइन्स्योरेन्सको सय रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७ करोड कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारमा रहेका नेपाली र कर्मचारीसहित) को ३ करोड कित्ता शेयर प्रतिशत सूचीकृत भएको छ। नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई एचआरएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ। यदि आज स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ। हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो।