वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जुत्ता चप्पल र साना उद्योगीहरुलाई राज्यले बेवास्था गर्‍योः संस्थापक अध्यक्ष कटुवाल

अर्थलगानी
२०८० पुष २८, शनिबार

काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले नेपाली जुत्ता चप्पल उद्योगी लगायत साना उद्योगीहरुलाई बेवास्था गरेको बताएका छन्।
शनिबार नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको दशौं वार्षिक साधरण सभा तथा पाँचौ राष्ट्रिय महाअघिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। उनले सरकारले जुत्ता चप्पल उद्योगी लगायत साना उद्योगको विकास र विस्तारका लागि नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक रहेको बताए ।
संस्थापक अध्यक्ष कटुवालले सरकारमा जाने राजनीति पार्टीहरुले साना उद्यगीहरुको नारा चुनावी एजेण्डाको रुपमा मात्रै लिने गरेको बताए । उनले सरकारले साना र मझौला उद्यगहरुको संरक्षण भन्दा पनि पलायन बनाउने गरी काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारले जुत्ता चप्पल र साना उद्योगहरुलाई बेवास्था गरेको छ । बेवास्था भन्दा पनि साना र मझौला उद्योगको सरकारले संरक्षण गर्न आवश्यक छ । तर सरकारले संरक्षण भन्दा पनि साना उद्योगीहरुलाई पलायन हुने अवस्थामा पुर्‍याएको छ ।’

संस्थापक अध्यक्ष कटुवालले अहिले मुलु्कको अर्थतन्त्र संकटमा रहेको पनि बताए । उनले संकटमा रहेको अर्थतन्त्रलाई सरकारले लयमा ल्याउन नसक्दा बैंक ब्याजदर लगायतको कारण जुत्ता चप्पल तथा साना उद्योगहरु पलायन हुने अवस्थामा पुगेको बताए । उनले सरकारलाई उद्योग व्यवसाय आवश्यक नभएको जस्तो गरी जुत्ता चप्पल लगायत साना उद्यमीहरुलाई राज्यले उपेक्षामा परेको बताए ।

उनले भने,‘ सरकारले एक हात मुठि भरका ठूलो उद्योगीहरुको मात्रै कुरा सुन्ने गरेको छ । साना र मुलुकको अर्थतन्त्र चलायमान र आर्र्थिक वृद्धिमा साना उद्योगीहरुको पनि उतिकै योगदान रहेको छ । तर सरकारले सानाका भन्दा पनि ठूला व्यवसायीहरुको अनकुलता अनुसार नीति बनाउँदै आएको छ ।’
उनले सरकारले जुत्ता चप्पल उद्योगहरुको विकास विस्तारमा सहजता तुल्याउने भन्दा पनि मास्ने काम गरि रहेको आरोप लगाए । उनले जुत्ता उद्योगको लागि नेपालमा नै कच्चा पदार्थ उपलब्ध रहेको भन्दै सरकारले खोज र अनुसन्धान गरि पहिचान गर्न आवश्यक रहेको बताए । उनले सरकारमा बस्नेहरुको साना उद्योगमा आँखा लाग्न छाडेको बताए ।

उनले जुत्ता चप्पल उद्योगीहरुको समस्या समाधान र मुलुक भित्रको पुँजी संरक्षणको लागि जुत्ताचप्पल उद्योगीहरु एक हुन आवश्यक रहेको बताए । उनले जुत्ता चपपल व्यवसायीहरु पनि टुक्रिएर भन्दा पनि एकतावद्ध हुन आवश्यक रहेकको भन्दै विभिन्न संघहरु मर्ज हुन आवश्यक रहेको बताए । उनले झोलामा जुत्ता बोकेर १२ महिना मेला आयोजना गर्ने जुत्ता चप्पल उद्योगी नभएको भन्दै सबै सजक हुन आवश्यक रहेको बताए ।

उनले सरकारले नेपाली जुत्ताको विकास र विस्तारको लागि आवश्यक सहयोग गरेमा हजारौं युवालाई रोजगारीको अवसर दिन सक्ने बताए । राष्ट्रिय पुजीको राज्यले संरक्षण गर्नु पर्नेमा जोड उनको थियो। पछिल्लो समय स्थानीय तहहरुले उद्यमशिलताको तालिमको नाममा बजेट सक्ने मात्रै काम गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले नेपाली जुत्ता चप्पल उद्योगी लगायत साना उद्योगीहरुलाई बेवास्था गरेको बताएका छन्। शनिबार नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको दशौं वार्षिक साधरण सभा तथा पाँचौ राष्ट्रिय महाअघिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। उनले सरकारले जुत्ता चप्पल उद्योगी लगायत साना उद्योगको विकास र विस्तारका लागि नीतिगत रुपमा सहजिकरण गर्न आवश्यक रहेको बताए । संस्थापक अध्यक्ष कटुवालले सरकारमा जाने राजनीति पार्टीहरुले साना उद्यगीहरुको नारा चुनावी एजेण्डाको रुपमा मात्रै लिने गरेको बताए । उनले सरकारले साना र मझौला उद्यगहरुको संरक्षण भन्दा पनि पलायन बनाउने गरी काम गरिरहेको बताए । उनले भने, ‘सरकारले जुत्ता चप्पल र साना उद्योगहरुलाई बेवास्था गरेको छ । बेवास्था भन्दा पनि साना र मझौला उद्योगको सरकारले संरक्षण गर्न आवश्यक छ । तर सरकारले संरक्षण भन्दा पनि साना उद्योगीहरुलाई पलायन हुने अवस्थामा पुर्‍याएको छ ।’ संस्थापक अध्यक्ष कटुवालले अहिले मुलु्कको अर्थतन्त्र संकटमा रहेको पनि बताए । उनले संकटमा रहेको अर्थतन्त्रलाई सरकारले लयमा ल्याउन नसक्दा बैंक ब्याजदर लगायतको कारण जुत्ता चप्पल तथा साना उद्योगहरु पलायन हुने अवस्थामा पुगेको बताए । उनले सरकारलाई उद्योग व्यवसाय आवश्यक नभएको जस्तो गरी जुत्ता चप्पल लगायत साना उद्यमीहरुलाई राज्यले उपेक्षामा परेको बताए । उनले भने,‘ सरकारले एक हात मुठि भरका ठूलो उद्योगीहरुको मात्रै कुरा सुन्ने गरेको छ । साना र मुलुकको अर्थतन्त्र चलायमान र आर्र्थिक वृद्धिमा साना उद्योगीहरुको पनि उतिकै योगदान रहेको छ । तर सरकारले सानाका भन्दा पनि ठूला व्यवसायीहरुको अनकुलता अनुसार नीति बनाउँदै आएको छ ।’ उनले सरकारले जुत्ता चप्पल उद्योगहरुको विकास विस्तारमा सहजता तुल्याउने भन्दा पनि मास्ने काम गरि रहेको आरोप लगाए । उनले जुत्ता उद्योगको लागि नेपालमा नै कच्चा पदार्थ उपलब्ध रहेको भन्दै सरकारले खोज र अनुसन्धान गरि पहिचान गर्न आवश्यक रहेको बताए । उनले सरकारमा बस्नेहरुको साना उद्योगमा आँखा लाग्न छाडेको बताए । उनले जुत्ता चप्पल उद्योगीहरुको समस्या समाधान र मुलुक भित्रको पुँजी संरक्षणको लागि जुत्ताचप्पल उद्योगीहरु एक हुन आवश्यक रहेको बताए । उनले जुत्ता चपपल व्यवसायीहरु पनि टुक्रिएर भन्दा पनि एकतावद्ध हुन आवश्यक रहेकको भन्दै विभिन्न संघहरु मर्ज हुन आवश्यक रहेको बताए । उनले झोलामा जुत्ता बोकेर १२ महिना मेला आयोजना गर्ने जुत्ता चप्पल उद्योगी नभएको भन्दै सबै सजक हुन आवश्यक रहेको बताए । उनले सरकारले नेपाली जुत्ताको विकास र विस्तारको लागि आवश्यक सहयोग गरेमा हजारौं युवालाई रोजगारीको अवसर दिन सक्ने बताए । राष्ट्रिय पुजीको राज्यले संरक्षण गर्नु पर्नेमा जोड उनको थियो। पछिल्लो समय स्थानीय तहहरुले उद्यमशिलताको तालिमको नाममा बजेट सक्ने मात्रै काम गरेको बताए ।