वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपर तामाकोशीको लिलामीको शेयरको बोलपत्र आज खोलिंदै

अर्थलगानी
२०८० माघ ५, शुक्रबार

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको शिलबन्दी बोलपत्र आज शुक्रबार खोलिने भएको छ। सह बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज बिहान ९ः३० बजेदेखि शिलबन्दी बोलपत्र खोल्न लागिएको हो।

कम्पनीले पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १स्१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको शिलबन्दी बोलपत्र आज शुक्रबार खोलिने भएको छ। सह बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा आज बिहान ९ः३० बजेदेखि शिलबन्दी बोलपत्र खोल्न लागिएको हो। कम्पनीले पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १स्१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।