वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेरो शेयर प्रयोगकर्ताको संख्या ५१ लाख माथि, डिम्याट खाता ६ महिनामै ३ लाख बढे

अर्थलगानी
२०८० माघ ५, शुक्रबार

काठमाडौँ। नेपाली शेयर बजारमा पछिल्लो समय नव प्रवेशिका र डिजिटल कारोबार गर्नेको संख्या बढ्दो छ। करिब तीन वर्ष पहिला कागजमा लेखेर बैंक ब्रोकर पुगेर शेयर कारोबार खरिद बिक्रि हुने गर्थ्यो भने अहिले त्यो अवस्थाबाट नेपाली शेयर बजार धेरै अगाडी पुगिसकेको हो।

पछिल्लो एक महिना अर्थात पुस महिनामा मात्रै ‘मेरो शेयर’ प्रयोगकर्ता ४ हजार बढी थपिएका छन। डिम्याट प्रयोकर्ताको संख्या पनि दिनानुदिन बढ्दो ग्राफमै छ।

सिडिएससी एण्ड क्लियरिङले उपलब्ध गराएको तथ्यांक अनुसार हाल ६० लाख ९२ हजार ३ सय ८४ वटा डिम्याट खाता सञ्चालनमा छन्। जबकी यस्तो डिम्याट खाताको संख्या गत साउन अर्थात २०८० साउनको अन्तिमसम्म आउँदा ५७ लाख ५१ हजार ३४४ रहेका थिए। चालु आर्थिक वर्षमै करिब साढे तीन लाख डिम्याट संख्या बढेको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। नेपाली शेयर बजारमा पछिल्लो समय नव प्रवेशिका र डिजिटल कारोबार गर्नेको संख्या बढ्दो छ। करिब तीन वर्ष पहिला कागजमा लेखेर बैंक ब्रोकर पुगेर शेयर कारोबार खरिद बिक्रि हुने गर्थ्यो भने अहिले त्यो अवस्थाबाट नेपाली शेयर बजार धेरै अगाडी पुगिसकेको हो। पछिल्लो एक महिना अर्थात पुस महिनामा मात्रै ‘मेरो शेयर’ प्रयोगकर्ता ४ हजार बढी थपिएका छन। डिम्याट प्रयोकर्ताको संख्या पनि दिनानुदिन बढ्दो ग्राफमै छ। सिडिएससी एण्ड क्लियरिङले उपलब्ध गराएको तथ्यांक अनुसार हाल ६० लाख ९२ हजार ३ सय ८४ वटा डिम्याट खाता सञ्चालनमा छन्। जबकी यस्तो डिम्याट खाताको संख्या गत साउन अर्थात २०८० साउनको अन्तिमसम्म आउँदा ५७ लाख ५१ हजार ३४४ रहेका थिए। चालु आर्थिक वर्षमै करिब साढे तीन लाख डिम्याट संख्या बढेको देखिन्छ।