काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ। कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले राधिका कार्कीको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याएको हो ।
मितेरी डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रि खुला
२०८० माघ ५, शुक्रबार

प्रतिक्रिया