काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले दिएको राजिनामा स्वीकृत भएको छ। सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज.व. राणाले एकैपटक गरेको राजिनामा स्वीकृत भएको हो।
उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।
प्रतिक्रिया