वि.सं. २०८२ असार १४, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थलगानी
२०८० माघ ७, आईतवार

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। तीव्र उताचढावका बीच अन्तिममा शेयरबजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ को बिन्दुमा ओलिएर रोकिएको हो।

३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ ०४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ३० करोड ४३ लाखको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५६ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमाला दोलखा हाइड्रो २२ करोड ९१ लाख, अपि पावरको २० करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन लघुवित्तको शेयर मूल्य ९.९४ प्रतिशत तथा मिड सोलु हाइड्रोको शेयर मूल्य ९.७८ प्रतिशत बढेको छ । त्यस्तै शिवश्री हाइड्रोको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ ।

आज सीईडिबि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.२७ प्रतिशत घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ७.२६ प्रतिशत घटेको छ । त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ६.२५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो समुह ०.२० प्रतिशत र अन्य समुह १.३८ प्रतिशत बढेको छ । यी बाहेकका अंकि सबै समुहगत सुचक घटेका छन् । आज बैंकिंग समुह २.४२ प्रतिशत, विकास बैंक समुह २.६१ प्रतिशत र फाइनान्स समुह २.५५ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। साताको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। तीव्र उताचढावका बीच अन्तिममा शेयरबजार परिसूचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ को बिन्दुमा ओलिएर रोकिएको हो। ३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ ०४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ३० करोड ४३ लाखको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५६ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमाला दोलखा हाइड्रो २२ करोड ९१ लाख, अपि पावरको २० करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन लघुवित्तको शेयर मूल्य ९.९४ प्रतिशत तथा मिड सोलु हाइड्रोको शेयर मूल्य ९.७८ प्रतिशत बढेको छ । त्यस्तै शिवश्री हाइड्रोको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ । आज सीईडिबि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.२७ प्रतिशत घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ७.२६ प्रतिशत घटेको छ । त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ६.२५ प्रतिशत घटेको छ । आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो समुह ०.२० प्रतिशत र अन्य समुह १.३८ प्रतिशत बढेको छ । यी बाहेकका अंकि सबै समुहगत सुचक घटेका छन् । आज बैंकिंग समुह २.४२ प्रतिशत, विकास बैंक समुह २.६१ प्रतिशत र फाइनान्स समुह २.५५ प्रतिशत घटेको छ ।