वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, कस्ता छन् प्रस्तावहरु?

अर्थलगानी
२०८० माघ ८, सोमबार

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वार्षिक साधारणसभा मिति तय गरेको छ। इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित सभा आह्वान गरेको हो।
इन्स्योरेन्सले फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वार्षिक साधारणसभा मिति तय गरेको छ। इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा सहित सभा आह्वान गरेको हो। इन्स्योरेन्सले फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।