वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८० मा एक इसेवा बिशेष : गाउँको मिनी बैँकदेखि दक्षिण एसियाकै पहिलो वालेटसम्म

भिमा पन्थी
२०८० माघ ११, बिहीबार

काठमाडौँ ।

नाम : रमेश कार्की ।

घटना ३ बर्ष अगाडिको । चारैतिर लकडाउन । कोरोनाको सन्त्रास घर देखि अस्पतालसम्म । खानादेखि नानासम्म । जो-जहाँ छन् त्यहि रोकिनुपर्ने त्रासबीच गाउँ छिर्नुपर्ने बाध्यता । कोलाहलको काठमाडौँमा शान्ति छायो । कम्प्युटरको किबोर्डमा खेति  गर्ने रमेशले  हलो, ढिकी, जाँतो, पानीघट्ट हुँदै आरनसम्मको परम्परागत रूपमा प्रयोग गर्दै आएका प्रविधि चिन्न पाए । उनलाई गाउँमा महिना काट्न समस्या भएन । दिन थपिँदै गए । ६ महिना बर्ष दिन बित्यो । सहरको जस्तो बाहिर हिँडडुल गर्नै नसकिने अवस्था बिस्तारै सुधारिँदै गयो । दैनिकी लयमा फर्कियो । तर, गाडी चल्ने कुरा भएन । बजार आउजाउ गर्न नसक्दा खाना खान समस्या हुने भयो । गाउँमा चलेको पसलमा रासन आएको हल्ला रमेशको कानमा पर्यो । उनि लाइनमा बसिहाले । १३५ नम्बरको पालो । ३ घण्टा पर्खिएपछि पालो आयो । धेरै दिनको आधा पेट सम्झिँदै २ कट्टा मागे । ‘साउजी क्युआर ?’ उनले सोधे । साउजी हेरिमात्र रहे । ‘पैसा देउ न भाई लाइनमा अरु पनि छन् ।’ साउजीको प्रतिउत्तरले उनि झस्किए । एक रुपैँया क्यास नभएको उनले चामल पाएनन् । रातभरि उनलाई निन्द्रा लागेन ।

भोलिपल्ट बिहानै उनै साहुजी कहाँ पुगे, र इसेवा इन्स्टल गरिदिए । उनि सम्झन्छन्,’ मलाई चामल नपाएकोले दुख लागेन , ती साउजीले डिजिटल भुक्तानी गर्छु भन्दा नपत्याएको देखेर दुख लाग्यो ।’ उनि थप्छन्,’ ४ हजारको रिचार्ज कार्ड लिन उनि ३० किलोमिटर टाढा पुग्नुपर्ने अवस्था थियो । मैले उनको दुरी छोट्याउने निर्णय गरे ।’ 

उनले इसेवाबाट रिचार्ज गर्न सिकाए । उनले आफ्नो खाताबाट चामलको पैसा उनको इसेवामा राखिदिए । उनलाई रिचार्ज कार्ड किन्न जानुपर्ने समस्या समाधान भयो । ‘उनै साहुजी अहिले गाउँको मिनी बैंक भएका छन् । सहरको पैसा गाउँ, गाउँको पैसा सहर उनको दैनिकी भयो ।’ ३ बर्ष अगाडिको कुरा सम्झिँदै उनि थप्छन्, ‘आजभोलि गाउँमा उनि बिजनेस मेन भनेर चिनिन्छन् रे , गाउँ भरिको बिजुलीको बिल उनको दैनिकी भयो । सहरमा छोरा नाति पढाउनेको स्कुलको फी  देखि गाडी टिकट काट्न समेतको कामले उनलाई भ्याइनभ्याई छ ।’

बदलिँदो समाजसँगै समाजले प्रयोग गर्दै आइरहेका शैली र घटनाका स्वरुपहरु पनि बदलिएका छन् । कुनै बेला घरदेखि कार्यालयसम्म  भौतिक उपस्थितिमै हुने आर्थिक गतिविधिहरु  अहिले इन्टरनेटका माध्यम मार्फत ‘अन्जान’ ठाउँबाट भौतिक उपस्थितिबिना नै हुने गरेका छन् । बढ्दो प्रबिधिको प्रयोगसँगै बढ्दो डिजिटल कारोबारमा वालेटले भुक्तानी सेवामा ठूलो परिवर्तन ल्याएको छ । सन् २००४ देखि नेपालमा मोबाइल बैंकिङ सेवाको सुरुवात भएपनि दुरदराजमा यसको पहुँच साँघुरो थियो  । त्यहि साँघुरो डिजिटल कारोबार हुने ठाउँमा इसेवाले पाइला राख्यो । र अहिले दक्षिण एसियाकै पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक वालेट कम्पनि बन्यो, इसेवा । नगद रहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्सन रिलिज भएको इसेवाले २०१० जनवरी २५ बाट औपचारिक रुपमा सेवा सुरु गर्यो । करिब १५ वर्षको यो अवधिमा सूचना–प्रविधिले ठूलै फड्को मारिसकेको छ । आर्थिक कारोबार पूर्ण रुपमा नगदरहित त भइसकेको छैन, तर विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने उपभोक्ताको संख्यामा उत्साहजनक वृद्धि भएको छ ।

इसेवाको नालीबेली

सन् २००० सुरु भएसँगै देशमा प्राबिधिक शिक्षामा रुची राख्ने विद्यार्थीको संख्या बढ्दै थियो । सोहि रुची राख्ने मध्येमा पर्छन् विश्वास ढकाल । पढ्दै काम गर्ने हुटहुटी भएका ढकाल र उनका साथीहरुले सन् २००४ मा डिजिटल पेमेन्ट प्रविधिको विकास गरे । जुन अहिले डिजिटल पेमेन्ट पद्धतिमा रेकर्ड नै बन्न पुग्यो।

प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटी बोकेको बिश्वास र उनको समूहले एफवानसफ्ट डोमेन जुराए। सुरुवाती चरणमा ढकालको टिमले अरूको लागि डोमेन लिईदिने  गर्थे । बिस्तारै उनले आफ्नो कम्पनीको लागि डोमेन लिए ‘एफवानसफ्ट’। वेबसाइट निर्माण गर्ने, होस्टिङ सेवा दिने लगायतको काम गर्दै एफवान सफ्ट अगाडी बढ्यो  ।

एफवानसफ्टले सुरुवाती चरणमा डोमेन किन्न पेमेन्ट गर्ने सुविधा नेपालमा थिएन । त्यसको विकल्पमा विदेशमा रहेका साथीभाइको पेपाल अकाउन्ट प्रयोग गर्थे ।

वेबसाइट डेभलपमेन्ट र होस्टिङ लगायतका काम गर्दा कम्पनी खासै नाफामा नगएपछि उनीहरूले नयाँ अवसर खोजी गर्दै जाँदा फिनटेक क्षेत्रमा काम गर्ने योजना बनाए । र सन् २००७ मा बैंकका लागि एसएमएस बैंकिङ सेवाको बिकास भयो ।

उक्त एसएमएस बैंकिङ सेवा शुरुमा लक्ष्मी बैंकले प्रयोग गर्यो । लक्ष्मी बैंकबाट शुरू भएको एसएमएस बैंकिङ सेवा पछि देशका अधिकांश बैंकले प्रयोग गर्न थाले । फिनेटक क्षेत्रमा काम गर्ने योजना अनुरूप हात हालेको एफवान सफ्ट यतिकैमा रोकिने कुरा थिएन् । त्यसपछि कम्पनीले इन्टरनेट बैंकिङ र डिजिटल वालेट इसेवाको विकास गर्यो  ।

कारोबार बढ्दै जादा ई-सेवालाई एउटा सफ्टवेयर कम्पनी एफवानसफ्टको प्रडक्टका रूपमा बिकास भयो । कम्पनीको अन्तर बैङ्क कारोबार बढ्दै गएपछि इसेवालाई एफवानसफ्टको प्रडक्टबाट सब्सिडरी कम्पनीमा रूपान्तरण गरियो। सन् २०१२ मा कम्पनीको नयाँ नाम बन्यो फोनपे प्रालि । ई-सेवा त्यसको प्रडक्टको रूपमा विकास भयो।

सन् २०१५ मा नेपाल राष्ट्र बैंकले अनलाइन वित्तीय कारोबारलाई नियमन गर्न थाल्यो। राष्ट्र बैंकले अनलाइन कारोबारलाई पेमेन्ट सिस्टम अपरेटर (पीएसआर) र पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) मा विभाजन गर्यो। ई-सेवाले पनि आफ्नो कारोबारलाई त्यसैअनुसार छुट्यायो ।

वालेट बेस्ड सेवा सञ्चालनका लागि कम्पनीले पेमेन्ट सर्भिस प्रोभाइडरका रूपमा आफूलाई ई-सेवा फोनपे प्रालिमा रूपान्तरण गर्यो। अनि राष्ट्र बैङ्कबाट पीएसपी सेवाको लाइसेन्स पनि लियो। पीएसओ अन्तर्गत हुने अन्तर बैङ्क कारोबारका लागि सन् २०१९ मा कम्पनीले फोनपे पेमेन्ट सर्भिस प्रालि दर्ता गर्यो।

ई-सेवाले आफ्नो कारोबारको सुरुवात मोबाइलमा रिचार्ज गर्ने सिस्टमबाट गर्यो । सन् २००९ मा लक्ष्मी बैँकसँग सहकार्य गरेर ई-सेवाको एकाउन्टमा पैसा आउने बन्यो र रिचार्ज कार्डलाई कोरेर एक्सेल मार्फत ई-सेवाको सिस्टममा अपलोड गर्ने र कसैले रिचार्ज गरेपछि भुक्तानी गर्ने व्यवस्था मिलायो ।

तर, अहिले इन्टरनेटको बिल, बिजुलीको बिल, पानी, स्कुल, कलेजको मात्रै नभएर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय उडानको लागि पनि ई-सेवाबाटै सहजै टिकट लिन सक्नेसम्मको सुविधा आइसक्यो।

कुनै समयमा पसलमा भुक्तानी गर्दा क्युआर गर्छु भन्दा पसलेबाट गालि खाइने अवस्थाको बिकास भएर पसलमा क्युआर छैन भन्दा पसलेले गालि खाने अवस्थामा पुगेको एफवानसफ्टका मिडिया कोअर्डिनेटर बिष्णु पोखरेल बताउछन् । ‘कुनै समय ग्राहकको सिला खोज्नुपर्ने स्थितिमा रहेको ई-सेवा अहिले नेपालको सबैभन्दा बढी डाउनलोड भएको वालेट कम्पनी बनेको छ  ।यसको एन्ड्रोइडमा एप डाउनलोड गर्नेको सङ्ख्या १ करोडको हाराहारीमा छ। आइओएसमार्फत एप डाउनलोड गर्नेको सङ्ख्या १२ लाख हाराहारी छ ।’  पोखरेल भन्छन्, ‘४ लाख ५० हजार मर्चेन्ट रहेको छ। यसमा पनि क्युआर मार्फत ३ लाख ५० भन्दा कभर गर्छ।’ उनले २ लाख १० हजार भन्दा बढी एजेन्ट नेटवर्क रहेको बताए ।

ई-सेवा मार्फत विद्यालयदेखि विश्वविद्यालयसम्मको भुक्तानी गर्न सकिन्छ। अनलाइन कारोबार गर्न मिल्ने करिब करिब सबै सेवाको भुक्तानी गर्न मिल्ने गरी सिस्टम ई-सेवाले विकास गरेको देखिन्छ। कारोबारको हिसाबले ई-सेवामा दैनिक १ अर्ब भन्दा बढी लोड हुने कम्पनीको जनाएको छ।

‘हामीले दैनिक ई-सेवामा १ अर्ब २ लाख लोड गछौं, पछिल्लो समय यो सङ्ख्या बढ्दै गएको छ। बैङ्क कारोबार ७० करोड र ६० करोड मर्चेन्ट पेमेन्ट हुने गरेको छ’ उनले भने।

ई-सेवाको जति पनि कारोबार विवरण कोर बैंकिङ्ग सिस्टम (सीबीएस) मा जान्छ। सीबीएसले यस्तो पेटेन्टलाई इनेबल गर्नुपर्छ भनेर त्यही हिसाबमा सिस्टम डिजाइन गरेको छ। ई-सेवा भनेको ‘पीसीआई डीएसएस’ सर्टिफाइड कम्पनी हो। पीसीआई भनेको थर्ड पार्टी कम्पनी, जो वर्ल्ड रिकगनाइज सर्टिफिकेट हो।

कुनै कम्पनी ‘पीसीआई डीएसएस’ सर्टिफाइड हो भने उसले मिनिमन स्ट्याण्डर्ड मेन्टेन गरेको हुनुपर्छ। त्यो गरेको छैन भने सर्टिफिकेसन पाइँदैन। त्यसैले, कम्प्रमाइज भनेर ओपन कम्प्रमाइज हुँदैन। जुन कार्डमा, इन्टरनेट, मोबाइल बैंकिङ्ग सबैमा आउँछ। यसमा पनि नआउला भन्न सकिँदैन। यो नियमित प्रक्रिया  हरेक महिना सेक्युरिटी अडिट गराउने गरेको कम्पनीले जानकारी दिएको छ।

कम्पनि नेपालमा धेरै किसिमले प्रविधिको नविनतम प्रयोगमा आगाडि बढेको छ ।  एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा , फोनपे , ईसेवा मनि ट्रान्सफर , दियालो टेक्नोलोजी , कोजेन्ट हेल्थ , लोजिका बिन्स , सिरानटेक, दर्शन टेक, इसेवा ट्राभल, एक्सटेन्सो डेटा, बस सेवा, फिट इन्टरनेसनल जस्ता लिडिङ कम्पनी सञ्चालित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

भिमा पन्थी